दाङ बस दुर्घटनामा साहित्यकार तथा समालोचक डा. ताराकान्त पाण्डेयको निधन


२८ पुष २०८०, शनिबार
Tarakanta

काठमाडौं । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा कवि, समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डा. ताराकान्त पाण्डेयको निधन भएको छ ।

नेपालगञ्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा पाण्डेयको निधन भएको हो । प्रगतिवादी साहित्यकार उनी इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए । पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको हो । २०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर सक्रिय थिए ।

उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधान कृतिहरु प्रकाशित थिए । उनले ‘आलोचना’, ‘कलम’ जस्ता साहित्यिक पत्रिका समेत सम्पादन गरेका थिए । उनले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कार पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७