ललितपुर इमाडोलमा एक महिला इनारभित्र खसिन्, उद्धार जारी


२०८० माघ १ सोमबार ०६:५८ बजे

काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेकी हुन् । अहिले उनको उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । ‘उहाँलाई चोट पटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास जारी छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने । उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७