त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना, गोताखोरले खोजी गर्दै


२ माघ २०८०, मंगलवार
tri
गाडी खसेको भनिएको ठाउँमा भेटिएको भारतीय नम्बर प्लेट ।

काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको सूचनापछि गोताखोरको टोली परिचालन गरिएको छ । मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै गाडी खसेको आशंका गरिएको छ ।

स्थानीयले बिहान ४ बजेतिर त्रिशूली नदीमा गाडी खसेको सूचना दिएपछि अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको मुग्लिन प्रहरीका वरिष्ठ सई राजेन्द्र अर्यालले जानकारी दिए । ‘नदीमा बत्ती बलेको आधारमा गाडी खसेको आशंका गरेका हौं,’ वरिष्ठ सई अर्यालले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन । गोताखोर परिचालन गरेर खोजी कार्य जारी छ ।’

प्रहरीका अनुसार नदीको किनारमा भारतीय नम्बर प्लेट देखिएको छ । त्यसैको आधारमा दुर्घटना भएको यकिन गर्न नमिल्ने प्रहरीले बताएको छ । ‘अलि अघिसम्म बत्ती बलिरहेको थियो, अहिले बलेको छैन, गोताखोर परिचालन गरिएकाले यकिन हुन्छ,’ अर्यालले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७