‘सर्वोच्चको आदेश रिट अनुसार छैन्, चुनाव भाँड्ने नियत स्पष्ट छ’


९ कार्तिक २०७४, बिहीबार
Uml एमाले बैठक

काठमाडौं  : नेकपा (एमाले) स्थायी समिति बैठकले सर्वोच्च अदलातको बुधबारको आदेश चुनाव भाँड्ने नियतले आएको ठहर गरेको छ । बिहिबार बसेको आकस्मिक बैठकले सर्वोच्चको आदेशमाथि आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै चुनाव भाड्ने नियतले अाएकाे ठहर गरेकाे हाे  ।

Uml एमाले बैठक

एमालले अदालतकाे अादेशले धेरै प्रश्नहरू जन्माएको र जनताको मताधिकार खोसिन सक्नेसम्मको आशंका उब्जाएको ठहर गरको हो ।

बैठकपछि एमाले नेता प्रदिप ज्ञवालीले सर्वोच्चको हिजोको आदेशबाट धेरै शंका उपशंका जन्मिएको भन्दै जनताको मताधिकार सुरक्षित गर्न माग समेत गरेका छन्। ‘जनताले आफ्ना मताधिकारको प्रयोग गर्ने आफ्नो अधिकारको विषयमा अदालतले पूर्ण सम्मान गर्छ भन्ने विश्वास लिएका छौ,’ उनले भने।

उनले सर्वोच्चको आदेश रिट दायरकर्ताको माग दाबी अनुसार नभएको पनि जिकिर गरे। ‘माग दाबी एकातिर छ सर्वोच्चको आदेश अर्कोतिर आयो, यसले झन शंका जन्माएको छ,’ उनले भने।

दुई न्यायाधीशको संयुक्त इजलासले निर्णय गरिसकेको मुद्दामा एकल इजलासले अर्को आदेश दिनुको नियतबारे बैठकमा छलफल भएको स्रोतले जनाएको छ । अदालत नियतवश निर्वाचन आयोगको कार्यक्षेत्रमा प्रवेश गर्न खोजेको आशंका भएको एमाले उपमहाचिव बिष्णु पौडेलले बताए ।

समानुपातिकतर्फ एउटै मतपत्रमा कुनै प्रश्न नउठाउने अदालतले प्रत्यक्षमा प्रश्न उठाउनुले नियतमा खोट देखिएको एमालेको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७