लिम्चुङबुङ गाउँपालिकामा चट्टयाङ लागि तीन जनाको मृत्यु

उदयपुर, १७ जेठ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा चट्टयाङ लागि तीन जनाको मृत्यु भएको छ ।
दिउँसो पानी परेर कृष्ण भुलेजको घरमा ओतिएर बसिरहेको बेला चट्टयाङ पर्दा तीन जनालाई लागेको हो । चट्टयाङ लागेपछि घटनास्थलमै उनीहरुको मृत्यु भएको स्थानीयबासी पुर्णशेर राई जानकारी दिए ।
मृत्यु हुनेहरुमा वडा नं. २ तालिम्छाका एक बालक र एक बालिका रहेका छन् भने अर्को करिब ४० वर्षिया धनप्रसाद राई रहेका छन् । बालकमा काैसन भुलेज र अर्को जना कृष्ण भुजेलको छोरी रहेकी छिन् ।