काठमाडौंमा विदेशी ब्राण्डमा नक्कली मदिरा कारखाना, गिरोहका नाैं जना पक्राउ


२०८० माघ ३ बुधबार ०७:११ बजे

काठमाडौं । प्रहरीले विदेशी ब्राण्डेड रक्सीको बोतलमा सस्तो रक्सी मिसाएर बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ । अपराध अनुसन्धान महाशाखाको टोलीले गिरोहमा संलग्न नाैं जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

गिरोहका सदस्यहरुले ब्राण्डेड रक्सीको बोतलमा केमिकल र सस्तो रक्सी मिसाउने गरेको खुलेको छ । त्यसरी तयार पारिएको रक्सी उनीहरुले काठमाडौंका विभिन्न होटल र रेष्टुरेन्टमा बजार भाउभन्दा सस्तो मूल्यमा बिक्री गर्ने गरेको पाइएको छ ।

डबल ब्ल्याक, चिभास, ब्ल्याक लेभललगायत महंगो रक्सीको बोटलमा सस्तो रक्सी, भोड्का, रम लगायत मिसाएर बेच्ने गरेको अनुसन्धानमा देखिएको छ । अन्त शुल्क स्टिकर टाँसेर ब्राण्डेड नयाँ बोतलमा नक्कली रक्सी राखेर बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । त्यसक्रममा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७