बागलुङमा दुर्गा प्रसाईंमाथि ‘मुक्का प्रहार’, एक जना पक्राउ


४ माघ २०८०, बिहीबार
durga prasai

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बिहीबार दिउँसो करिब २ बजे बागलुङ नगरपालिका–२, लोकतान्त्रिक चोकमा उनीमाथि हातपात गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रसाईं पक्षबाट सभा आयोजना गरिएको थियो । सभामा करिब २०० मानिस सहभागी थिए । सोही क्रममा उनीमाथि मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ । प्रसाईंमाथि हातपातको आरोपमा बागलुङ–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, गौतमले बागलुङ–२ स्थित धौलागिरि चोकमा जुत्ता पसल गर्दै आएका छन् । गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ गरिरहेको बागलुङ प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७