इरानमाथि पाकिस्तानको जवाफी हमला, नौं जनाको मृत्यु


४ माघ २०८०, बिहीबार
pakistan iran

तेहरान । इरानले गत मंगलबार पाकिस्तानी भूमिमा आक्रमण गरेपछि पाकिस्तानले इरानको सीमाभित्र मिसाइल हमला गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयले इरानको सिस्तान बलुचेस्तान प्रान्तमा ‘आतंकवादी लुकेका ठाउँहरू’ मा आक्रमण गरेको बताएको छ । यो आक्रमणको उद्देश्य पाकिस्तानको आफ्नै सुरक्षा र राष्ट्रिय हितको खोजीमा रहेकोसमे जनाएको छ ।

सो आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन । मङ्गलबार इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा जैश अल अदल समूहलाई निशाना बनाएको भन्दै आक्रमण गरेको थियो । पाकिस्तान र इरानले लामो समयदेखि एकअर्कालाई आफ्नो साझा सीमामा रहेका क्षेत्रहरूबाट आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई शरण दिएको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७