आशुतोषको शानदार शतकमा बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य


५ माघ २०८०, शुक्रबार
Ashutosh Ghiraiya

काठमाडौँ । बागमती प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि २७४ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले १११ बलमा ११८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले १३१ रनको साझेदारी गरे । कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई-दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७