सालकको ११ किलो खपेटासहित दुई जना पक्राउ


५ माघ २०८०, शुक्रबार
salak ko khapeta

कैलाली । कैलालीमा लोपोन्मुख सालकको खपेटासहित दुई जना पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका–६ स्थित सडकबाट सालकको खपेटा ११ किलो १०० ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भजनी नगरपालिका–८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी र जोशीपुर गाउँपालिका–४ बस्ने ३२ वर्षीय प्रेम चौधरी रहेका छन् । प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१००८ प ३५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा खपेटासहित पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७