लमजुङमा घरमा आगलागी : श्रीमतीको मृत्यु, श्रीमान भागेर बाँचे


५ माघ २०८०, शुक्रबार
fire

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।
गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठका श्रीमान ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए ।

स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उनको भनाइ छ । श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो । बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छानो रहेको घरका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको मुचुल्का उठाउने कार्य भइरहेको छ । चार जनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौंमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७