कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न समिति


६ माघ २०८०, शनिबार
Kamal Jabegu

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशको नामाकरणको विरोधमा आन्दोलित पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार मन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

समितिले प्रदेश नामाकरणविरुद्ध आन्दोलनरत समूहसँग वार्ता गर्नेछ । प्रदेश सभा बैठकले फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलनरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७