रुखले किच्दा महिलाको मृत्यु


७ माघ २०८०, आईतवार
Tree falldown surkhet
सांकेतिक तस्वीर

काठमाडौँ । संखुवासभामा रुखले किचेर एक महिलाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रुखले किचेर स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

शनिबार घर नजिकैको जंगलमा दाउरा काट्न गएकी घिमिरेलाई दाउरा काट्ने क्रममा रुखले किच्दा घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७