मोजा नलाई जुत्ता लगाउनुहुन्छ ? यस्ता छन् स्वास्थ्यमा पर्ने असर


९ कार्तिक २०७४, बिहीबार
shoes
 एजेन्सी : जा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । किनभने मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ । अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ ।

shoes

पयर उपचार विशेषज्ञ एम्मा स्टिफेन्सन १८–२५ वर्ष उमेर समूहका पुरुषहरूमा मोजा नलाई कमसल जुत्ता लगाएका कारण अनेकौं रोग लाग्ने जोखिम अत्यन्त बढेको बताउँछिन् ।
खासगरी फिल्म प्रिमियर र फेसन सोमा विख्यात व्यक्तित्वहरू मोजा नपहिरिई जुत्ता लगाएर रेड कार्पेटमा देखिन्छन् ।

प्रसिद्ध गायक स्याम स्मिथ प्रायःजसो मोजा नलाई जुत्ता पहिरिएका देखिन्छन् ।

फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

यस्तै एक जना प्रसिद्ध मोडल टाइनी टेम्पा लन्डन फेसन विकमा सामान्यतयाः अग्रपंक्तिमा मोजाबिनै जुत्ता लगाएर बसिरहेकी देखिन्छिन् । कैयौं संगीतकारसमेत प्रायजसो मोजाबिनै जुत्ता लगाएर हिँडेको देखिन्छ ।

तर के तपाईंलाई थाहा छ, स्वास्थ्यमा यसको प्रभाव कस्तो पर्छ ?

‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल इन्फेक्सन हुन सक्छ ।’
उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

‘मैले देखेको यस्तो एउटा घटनामा कार धुने एक जना १९ बर्से ठिटाको खुट्टा सधैं पसिनाले निथ्रुक्क भिजेका हुन्थे,’ भन्छिन् एम्मा ।

युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ ।

यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्तामात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।
सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने ।

-स्वास्थ्य खबरपत्रिकाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७