नबिल बैंकले गर्‍यो ३२० करोड नाफा, घट्यो खराव कर्जा


७ माघ २०८०, आईतवार
Nabil Bank Building

काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको दोस्रो त्रैमास (पुस मसन्तसम्म) मा बैंकको नाफा ६.३८ प्रतिशतले घटेर ३ अर्ब २० करोड खुम्चिएको छ । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यसैगरी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख ७६ हजार रुपैयाँ छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशतले बढेर ८ अर्ब २४ करोड ३३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म बैंकको सञ्चालन मुनाफा भने ६.१८ प्रतिशतले घटेर ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ छ ।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ छ । ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा छ । बैंकको निष्क्रिय कर्जा भने घटेको छ । पुस मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.२० प्रतिशत झरेको छ । गत आवको दोस्रो त्रैमासमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशत थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७