४४ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस, को–को परे ? (सूचीसहित)


२०८० माघ ७ आइतबार ०७:१२ बजे

काठमाडौं । राजपत्रांकित तृतीय श्रेणीका ४४ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिकोको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १९५ जनाले उम्मेदवारी दिए पनि १८९ जनाको उम्मेदवारी कायम भएको थियो । शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् भने अन्तिम ३४ नम्बरमा खगेन्द्रप्रसाद भट्ट छन् ।

यस्तै, ज्येष्ठता र कार्यसम्पादन मूल्यांनको आधारमा नेपाल प्रशासन सेवाकै लेखा समूहतर्फका १० जना शाखा अधिकृत पनि सोहि समूहतर्फ उपसचिवमा बढुवा भएका छन् । बढुवाका लागि ६३ जना शाखा अधिकृतले आवेदन दिएको भए पनि ५७ जना मात्रै उम्मेदवार बन्न योग्य भएका थिए । लेखा समूहतर्फ शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेको पहिलो नम्बरमा हिमलाल अधिकारी र १० औं नम्बरमा मनोजकुमार जोशी छन् ।
हेर्नुस् बढुवा सूची

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७