भ्रष्टाचार मुद्दामा प्रअ शिवकुमार साह दोषी ठहर, तीन वर्ष कैदसहित जरिवाना


७ माघ २०८०, आईतवार
adalat

काठमाडौँ । विशेष अदालत काठमाडौँले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई १३ लाख २२ हजार रुपैयाँ बिगो र उत्ति नै जरिवानासहित तीन वर्ष कैद सजाय ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले साहलाई सजाय निर्धारण गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । अदालतले साहविरुद्ध पुस २४ मा भ्रष्टाचार मुद्दामा कसुर ठहर गरेको थियो ।

प्रवक्ता कार्कीका अनुसार विद्यालयका लागि निकासा भएको रकम हिनामिना गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो । अख्तियारले दर्ता गरेका चार वटा फरक मुद्दामा दोषी ठहर गरेको हो । यसअघि तीन मुद्दामा उनलाई करिब १६ लाख बिगो र त्यति नै जरिवानाको फैसला भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७