आफैले थापेको एम्बुसमा परेर २१ इजरायली सेनाको मृत्यु


९ माघ २०८०, मंगलवार
i 1
तस्वीर : एजेन्सी

काठमाडौं । इजरायल सेनाले आफ्ना २१ जना सेना मारिएको बताएको छ । बीबीसीका अनुसार हमासविरुद्ध जारी युद्धको क्रममा सोमवार आक्रमणमा परी २१ जना इजरायली सेना मारिएको इजरायली सेनाले बताएको हो ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का प्रवक्ता डैनियल हजारीले इजरायली सेना रहेको घरमा रकेट आक्रमण हुँदा २१ जना मारिएको बताए । जुन घरलाई भत्काउनका लागि इजरायली सुरक्षा बलले एम्बुस थापेको थियो सोही घरमा इजरायली सेना रहेको हुँदा उनीहरूको मृत्यु भएको पनि हजारीले स्विकारेका छन् ।

इजरायल र हमासबीच जारी युद्धका कारण हालसम्म गाजाका २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेका छ । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी १३ सय इजरायली नागरिक मारिएका थिए । त्यसपछि इजरायलले तीव्र गतिमा गाजामाथि आक्रमण गर्दै आएको छ । अहिले पनि २५० जनाभन्दा बढी इजरायली हमासको कब्जामा छन् भने प्यालेस्टिनी नागरिक पनि इजरायलको कब्जामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७