सामाजिक सञ्जालबाट प्रेमिकाको चरित्र हत्या गर्ने पक्राउ


९ माघ २०८०, मंगलवार
pakrau
सांकेतिक तस्वीर

काठमाडौं । सामाजिक सञ्जालबाट प्रेमिकाको चरित्र हत्या गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा भिमसेनथापा गाउँपालिका–२ स्थायी ठेगाना भएका हाल काठमाडौंको तारकेश्वर नगरपालिका –४ बस्ने २४ वर्षीय भिमसेन भट्ट रहेको नेपाल प्रहरीको साइवर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी पशुपतिकुमार रायले जानकारी दिए ।

रोजगारीको सिलसिलामा चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ । प्रेम सम्बन्धमा रहेकै बेला खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सम्प्रेषण गरी चरित्र हत्या गर्नुका साथै दुःख दिन थालेपछि पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा अनुसन्धानका क्रममा भट्टराई प्रहरीले काठमाडौं महानगरपालिका–१७ बाट पक्राउ गरेको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा मुद्दा चलाइएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७