माओवादीका पूर्व ब्रिगेड कमाण्डर मार्सल पक्राउ


११ माघ २०८०, बिहीबार
jitman pun1706149691

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन (मार्सल) पक्राउ परेका छन् । पुन २०५३ सालको एक मुद्दामा तीन दिनअघि काठमाडौंबाट पक्राउ परेका हुन् ।

रुकुमपूर्को भूमै गाउँपालिकाका पुनलाई जिल्ला अदालत दाङले साढे २ वर्ष कैद र २० हजार जरिवानाको फैसला गरेको थियो । सोही मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो । पुन पक्राउ परेको घटनामा तत्कालीन माओवादीका नेता तथा हाल नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्सल’ (पूर्वी रूकुम) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ,’ उले सामाजिक सञ्जालमा लेखेका छन् । डा. भट्टराईले यो घटनाका सन्दर्भमा तुरुन्त आवश्यक कदम चाल्न हाल प्रधानमन्त्री समेत रहेका ‘जनयुद्ध’ का सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् । ‘हामी यो घटनाको तीब्र भर्त्सना गर्दछौँ र यसबारे तुरून्त आवश्यक कदम चाल्न जनयुद्धका सुप्रिम कमाण्डार तथा वर्तमान प्रधानमन्त्रीसँग जोडदार माग गर्दछौँ,’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७