मेयर बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान ‘वहिष्कार’


११ माघ २०८०, बिहीबार
Balen 1

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले भाग नलिने भएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा बालेनले भाग नलिने उनको सचिवालय स्रोतले जनाएको छ ।

गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन् । उपप्रमुख सुनिता डंगोल भने निर्वाचनमा भाग लिन हेटौंडा पुगिसकेकी छन् । बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा ४ सिटका लागि मतदान भइरहेको छ । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले मेयर शाह हेटौंडा नगएको जानकारी दिंदै भने, ‘उहाँ कार्य व्यस्तताले नजानु भएको हो । बेलुकासम्म पनि जानु हुन्न ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७