ढोरपाटन नगरपालिकाका मेयर देवकुमारविरुद्ध ‘रेड नोटिस’ जारी


११ माघ २०८०, बिहीबार
DevKumarNepali 1684685227

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरूद्व ‘रेड नोटिस’ जारी भएको छ ।
सहकारी ठगी प्रकरणमा फरार नेपालीविरूद्व अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले ‘रेड नोटिस’ जारी गरेको हो ।

उनीविरूद्व रेड नोटिस जारी गर्न नेपाल प्रहरीको एनसीबी काठमाडौंले इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा पत्र पठाएको थियो । रेड नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रहरू १९५ देशका प्रहरीले नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउने बाटो खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७