कुन–कुन प्रदेशमा छ आज बर्षा र हिमपातको सम्भावना ?


१२ माघ २०८०, शुक्रबार
Kuhiro Surkhet 2 scaled

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

देशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु / कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

भोलि (शनिबार) कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । काठमाडौंको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । माठमाडौंमा वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन् । ‘काठमाडौंमा वर्षाको सम्भावना छैन । घाम लाग्ने देखिन्छ । सामान्य बदली भने हुनेछ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७