उत्पादनको उचित मूल्यको माग गर्दै फ्रान्सका किसान सडकमा


१२ माघ २०८०, शुक्रबार
france

काठमाडौं । फ्रान्सका किसानहरूले देशका प्रमुख सडकहरू बन्द गरेका छन् । उनीहरुले उत्पादनको उचित मूल्य नपाएको भन्दै आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा किसानहरुले आफ्ना उत्पादनका क्रेटहरु नै सडकमा फालेका छन् ।

सबैभन्दा खराब अवस्था राजधानी पेरिसको रहेको जनाइएको छ । किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कार्यान्वयन गर्न माग राखेर प्रदर्शन गरेका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा भारतको राजकीय भ्रमणमा आएका बेला फ्रान्समा किसान आन्दोलन चरम सीमामा पुगेको हो ।

फ्रान्सेली किसानहरूले देशको दक्षिणपश्चिममा दुई हप्ता अघि सुरु भएको विरोध प्रदर्शन अझै जारी रहेको बताएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनले बताए । नयाँ प्रधानमन्त्री गेब्रियल अटलका लागि किसानको आन्दोलन पहिलो ठूलो चुनौतीको रुपमा हेरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७