ढाकामा सन्तोषीले म्याराथन डेब्यूमा जितिन् कीर्तिमानी स्वर्ण


२०८० माघ १२ शुक्रबार ०७:०४ बजे

काठमाडौं । बंगबन्धु सेख मुजिव ढाका इन्टरनेशनल म्याराथनमा नेपाली धाविका सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । म्याराथनमा ‘डेब्यू’ गरेकी सन्तोषीले गत वर्ष पुष्पा भण्डारीले कायम गरेको दुई घण्टा ४८ मिनेट ०२ सेकेण्डको कीर्तिमान तोडेकी हुन् ।

सन्तोषीले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरिन् भने पुष्पाले २ घण्टा ४९ मिनेट ३३ सेकेण्डमा दौड पूरा गर्दै रजत जितेकी छन् । बंगबन्धुमा पुष्पाले यसअघि दुई स्वर्ण र एक कास्य पदक जितेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७