३० लाखसहित दुई जना ‘हुण्डी’ कारोबारी पक्राउ


१२ माघ २०८०, शुक्रबार
hy

काठमाडौं । ३० लाख रुपैंयाँसहित प्रहरीले दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय युवराज प्रसाई र ३० वर्षीय विश्वास राई रहेका छन् ।

अवैध रुपमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त रकमसहित उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अघिकारीले ३० लाख १८ हजार अवैध नेपाली रुपैयाँसहित दुवै जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनीहरूको साथबाट दुई थान ल्यापटप र पाँच थान मोबाइल समेत बरामद भएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गतको कसुरमा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७