तराईमा भेटियो हिउँचितुवा, उद्धार गरेर राखियो चिडियाखानामा (तस्वीरहरु)


१२ माघ २०८०, शुक्रबार
chituwa snow

काठमाडौं । मोरङको चारघरेमा भेटिएको हिउँचितुवालाई ललितपुरको सदर चिडियाखानामा राखिएको छ । आज (शुक्रबार) ललितपुर ल्याइएको हिउँचितुवालाई सदर चिडियाखानाको आइसोलेसनमा राखिएको हो ।

chituwa 1

उर्लाबारीमा ९ गते फेला परेको हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रुपमा उद्धार गरेको थियो । हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा तराई (समुद्र सतहदेखि १४६ मिटर उचाइ) मा भेटिएको थियो ।

chituwa 2

उर्लाबारीमा भेटिएको हिउँ चितुवाको विषयमा प्रकृति संरक्षण कोषले अस्वाभाविक भएको बताएको छ । कोषका अनुसार विश्वमा पाँच हजारदेखि ५ हजार ८०० मिटर उचाइ क्षेत्रमा पाइने हिउँ चितुवा नेपालमा भने दुई हजारदेखि ६ हजार मिटर उचाइमा पाइन्छ ।

chituwa 3
pr 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७