सशस्त्रलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको क्वार्टर फाइनलमा (तस्वीरहरु)


२०८० माघ १२ शुक्रबार ०७:५० बजे

काठमाडौँ । नेपाल सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबलाई पराजित गर्दै नेपाल पुलिस फुटबल क्लब २३औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाइनमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज भएको खेलमा एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस क्वार्टर फाइनलमा पुगेको हो । पुलिसका लागि दुवै गोल डिफेन्डर मानबहादुर परियारले गरे । खेलको १९औँ मिनेटमा मानबहादुरले पुलिसलाई अग्रता दिलाएका थिए ।

७१औं मिनेटमा मानबहादुरले नै अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल हुन नसक्दा पुलिस २–० गोल अन्तरको जित हासिल गर्दै क्वार्टरफाइनलमा पुग्न सफल भयो । पुलिसले क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो क्वार्टर फाइनल थ्री स्टार र भुटानी लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७