एफए कप : टोटनह्यामलाई हराउँदै म्यानचेस्टर सिटी पाँचौं चरणमा


१३ माघ २०८०, शनिबार
ct

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ । हिजो (शुक्रबार) राति भएको खेलमा टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले अर्को चरणको यात्रा तय गरेको हो । छैटौं मिनेटमा सिटीले गोल गरेपछि भारले मान्यता नदिँदा अग्रता लिन असफल भयो ।

बराबरीतर्फ उन्मुख खेलमा सिटीले ८८ औं मिनेटमा गोल गर्दै १–० को जीत पक्का गराए । एफए कपका अन्य तीन खेल भने सबै बराबरीमा टुंगिएका छन् । ब्रिस्टल र नटिङ्घम फरेस्ट गोलरहित बराबरी खेल्दा सेफिल्ड युनाइटेड र कोभेन्ट्रीले एक एक गोलेको बराबरी खेले । यसैगरी चेल्सी र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका थिए । बराबरी खेल्ने टिमले फेरि एक पटक चौथो चरणमै खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७