लोकतान्त्रिक प्रणालीलाई बिथोल्न खोजे हामीलाई मान्य हुदैन : ओली


९ कार्तिक २०७४, बिहीबार
KP sharma oli

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीलाई कसैले बिथोल्न खोजे आफूहरुलाई मान्य नहुने बताएका छन् । सबै प्रक्रिया अघि बढेसकेको अवस्थामा निर्वाचन बिथोल्न खोजिएको प्रति संकेत गर्दै अध्यक्ष ओलीले निर्वाचन माथिको अबरोध लोकतान्त्रिक प्रणालीमाथिको अबरोध भएको बताए ।

KP sharma oli

विहिबार ४ बजे नयाँ बानेश्वरको अल्फा बिटा कम्प्लेक्समा माओवादी केन्द्र र एमालेकोतर्फबाट संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘लोकतन्त्र कसैले किस्तीमा राखेर दिएको होइन बलीदानी हामीले पूर्वक तरिकाले पाएको हो । यसमा कसैले अबरोध गरे हामीलाई सैय हुने छैन ।’

अध्यक्ष ओलीले मतपत्रको विषयलाई लिएर निर्वाचन सार्न नमिल्ने जिकिर गरे । ओलीले दलहरुकै सहमतिमा एउटै मतपत्र बनाउने सहमति भएको भन्दै मतपत्रलाई लिएर बाहिर आएका समचारहरु आफूहरुलाई स्वीकार्य नहुने बताए । भने, ‘कुनै हालतमा निर्वाचन सर्दैन । निर्वाचन नै नसर्ने हुनाले त्यसपछि के हुने भन्ने कुरा भन्न जरुरी भएन ।’

अध्यक्ष ओलीले जनतामा सार्वभौमसत्ता कायम रहेको पनि बताए । उनले सरकारले निर्वाचन सार्ने चलखेल गरिरहेको भन्ने समचारले जनमानसमा अन्योल सिर्जना भएकाले सबैको ध्यानाकर्षण गर्न पत्रकार सम्मेलन गर्नुपरेको पनि बताए । उनले भने ‘मतपत्र दुईटै छ । दुईवटा मतपत्र संविधान बमोजिम नै तय गरिएको हो । त्यसैले अहिले स–साना कुरामा अल्झिने कुरा छैन ।’

ओलीले मतपत्र दुईवटा चाहियो भनेर सर्वोच्चमा निवेदन दिने निवेदक सत्तापक्षीय पार्टीकै सहमहामन्त्री भएको र मानहानी भएको भन्नेकुराहरु गलत रहेको धारणा राखे । उनले लोकतान्त्रिक प्रक्रियालाई अवरोध गर्न जो कसैले खोज्छ भने नेपाली जनतालाई त्यो कदापी स्वीकार्य नहुने चेतावनी पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७