खराव लयमा बार्सिलोना : भिल्ला रियलसँग पराजित


१४ माघ २०८०, आईतवार
Barsa

काठमाडौं । स्पेनीस ला लिगामा बार्सिलोनाले फेरि अर्को पराजय व्यहोरेको छ । नाउ क्याम्पमा बार्सिलोना भिल्लारियलसँग ५–३ गोलले पराजित रह्यो । यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग १० अंकको दूरीमा रह्यो ।

यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु गरेका थिए । उनले क्लब छाड्ने बताउँदै टिममा अर्को सिजनका लागि परिवर्तत आवश्यक रहेको पनि दाबी गरे ।

गए राति भएका अन्य खेलमा रियल म्याड्रिडले लास पाल्मासलाई २–१ ले हरायो भने रियल बेटिस मार्लोकामाथि १–० ले विजयी रह्यो । यस्तै रियल सोसिडाड र रायो भाल्कानोले गोलरहित बराबरी खेले । रियल ५४ अंकमा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७