झापामा भेटियो तस्करीको सुन, तर नक्कली


१८ जेष्ठ २०७५, शुक्रबार
Fake gold jhapa 20180601085302

झापा, १८ जेठ । झापाको काँकडभिट्टा नाकाबाट दुई किलो नक्कली सुनसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले नक्कली दुई किलो सुनसहित आज दुई जनालाई पक्राउ गरेको हो ।

Fake gold jhapa 20180601085302
झापामा प्रहरीले बरामद गरेको नक्कली सुन

काँकडभिट्टाको कञ्चनजंघा होटलमा बसेका गोरखा आरुघाट–९ का ४३ वर्षीय दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय भीमसेन नेपालबाट सुन जस्तो देखिने दुई वटा बिस्कुट (पहेंलो धातु) बरामद गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

बरामद धातुको अनुसन्धान गर्दा टिल धातु रहेको भट्टराईले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ परेका दुवै जना नक्कली सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने काममा लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७