यसरी शुरु भयो एकीकृत समाजवादीको केन्द्रीय परिषदको दोस्रो बैठक (तस्वीरहरु)


२०८० माघ १४ आइतबार ०८:०८ बजे

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषदको दोस्रो बैठक काठमाडौंको कमलादीमा शुरू भएको छ । बैठक आइतवार आइतवार मध्यान्हपछि प्रज्ञा भवनमा शुरू भएको सो पाटीले जनाएको छ । बैठकको उद्घाटन पार्टीका अध्यक्ष माधवकुमार नेपालले गरेका हुन् ।

काठमाडौंमा दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाइने बताइएको छ ।

विशेष गरी एकीकृत समाजवादीले विधान हेरफेर गर्न केन्द्रीय परिषद्को बैठक राखेको हो । एकीकृत समाजवादीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । दोस्रो केन्द्रीय परिषद्को बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने एक नेताले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७