राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई


१४ माघ २०८०, आईतवार
chunab 1

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज (आइतबार) आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाएका हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद ६ वर्षे कार्यकाल सकिँदै छ । तीमध्ये रिक्त हुने १९ स्थानका लागि माघ ११ गते सातवटै प्रदेशमा निर्वाचन भएको थियो । बाँकी एक सिटमा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७