माल्दिभ्सको संसदमा झडप


१५ माघ २०८०, सोमबार
maldives parlamen

माले । माल्दिभ्सको संसदमा झडप भएको छ । राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशन अवरुद्ध पार्ने क्रममा माल्दिभ्सको संसदमा झडप भएको हो ।

माल्दिभ्सको संसद्मा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबीच झडप भएको माल्दिभ्सका समाचार संस्थाहरूले जनाएका छन् । सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनुअघि सो झडप भएको हो । समाचारअनुसार संसद्मा मतदान हुनुअघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पिपुल्स नेसनल कांग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।

समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ । जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकिम झगडा गरिरहेको देख्न सकिन्छ । भिडियो फुटेजमा शहीमले इसाको खुट्टा समातेर भुइँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ ।

घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ । सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र पिपुल्स नेसनल कांग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पुर्‍याउने प्रयास भएको बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७