प्रमाणपत्र धितोमा कसरी लिने ऋण ? यी हुन् प्रक्रिया


१८ जेष्ठ २०७५, शुक्रबार
भचजथमकशाजनकनजकनकमाकब

काठमाडौं, १८ जेठ । सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै उद्यमशिलता बढाउने कार्यक्रमहरुमा शैक्षिक प्रमाणपत्र धितो राखेर विद्यार्थीहरुलाई बिना व्याजको ऋण उपलब्ध गराउने घोषणा गरेका छन् ।भचजथमकशाजनकनजकनकमाकब

उच्च शिक्षा हासिल गरेका र उद्यम गर्न चाहनेहरुका लागि परियोजनामा आधारित ऋणदेखि वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमी बनाउन पूँजी वापत ऋण दिने ब्यवस्था समेत अर्थमन्त्रीले घोषणा गरेका छन् ।

कसरी लिने प्रमाणपत्र धितो राखेर ऋण ?

खतिवडाले सार्वजनिक गरेको बजेट अनुसार ऋण लगानी गर्नका लागि राष्ट्र बैंकले छुट्टै कार्यविधि बनाउनु पर्ने हुन्छ । त्यसपछि त्यो कार्यविधिका आधारमा बैंकहरुले ऋण दिन्छन् । यसअघि विष्णु पौडेलले आफ्नो बजेटमा प्रमाणपत्र धितोमा ऋण दिने स्किम ल्याएका थिए । तर यो ब्यवहारिक थिएन र कार्यान्वयन हुन सकेन । राष्ट्र बैंकको गभर्नर समेत भइसकेका डा। खतिवडाले भने ब्यवहारिक रुपमै ऋण दिन मिल्ने गरी स्किम ल्याएका छन् ।

यो कर्जाको अनिवार्य सुरक्षण हुने र ब्यवसायको समेत बीमा गरिने भएकाले बैंकहरुबाट ऋण पाउन सजिलो हुन्छ,’ खतिवडाले बजेटबारे बोल्दै भनेका थिए । यसले गर्दा बैंकहरुलाई कर्जा जोखिम पनि हुँदैन । कार्यविधि आइसकेपछि ऋण लिएर केही गर्न चाहने युवाहरुले बैंकमा प्रस्ताव गर्नुपर्छ । त्यसपछि बैंकले व्यवसायको प्रकृति बुझेर त्यसको सम्भाब्यता कति छ भनेर हेर्छ ।

सम्भाब्यता देखिएमा उसले ऋण प्रक्रिया अगाडि बढाउँछ । अब राष्ट्र बैंकले यसका लागि कार्यविधि तयार पारेर लागू गर्नुपर्ने हुन्छ । अहिले कार्यान्वयनमा रहेको ब्यवसायिक कृषि तथा पशुपंक्षी कर्जामा प्रदान गरिने ब्याज अनुदान सम्बन्धि कार्यविधि परिमार्जन गर्नुपर्छ । जुन कुरा बजेटमा पनि उल्लेख छ । यो कार्यक्रमका लागि ब्याज अनुदान दिन खतिवडाले ५ अर्ब बिनियोजन गरेका छन् ।

सरकारले उच्च शिक्षा हासिल गरेका युवालाई ब्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा दिन लागेको ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिन्छ । यो ऋण सात लाख रुपैयाँसम्म उपलब्ध हुन्छ । विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित ब्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित १० लाखसम्मको ऋण उपलब्ध हुनेछ । यो कर्जाको पनि अनिवार्य सुरक्षण गराई व्यवसायको बीमा हुन्छ ।

दलित समुदायको सामाजिक एकीकरण गर्दै उनीहरुलाई सहकारी तथा सामुदायिक उत्पादन प्रणालीमार्फत आधुनिक ब्यवसाय गर्न सामूहिक जमानीमा प्रतिसमूह १० लाखसम्मको ऋण उपलब्ध गराउने समेत सरकारी कार्यक्रम छ । यसमा पनि सरकारले ५ प्रतिशत ब्याज अनुदानमा उपलब्ध गराउने छ ।

उद्यमशीलता र सीप विकास तथा तालिमको माध्यमबाट महिला उद्यमशिलता विकास गरी उनीहरुबाट सञ्चालन हुने परियोजनामा आधारित १५ लाखसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदानको ब्यवस्था गरिएको छ । यसअघिका अर्थमन्त्री डा। रामशरण महतले कृषि कर्जामा ब्याज अनुदानको ब्यवस्था मिलाएका थिए । महतले ल्याएको कार्यक्रममा अहिलेसम्म सरकारले ४१ करोड ८० लाख रुपैयाँ ब्याज अनुदान प्रवाह भइसकेको । ६ हजार ९५६ जनाले ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको ऋण चलाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७