पूर्वराजालाई भेटेपछि दुर्गा प्रसाईंले भने, ‘प्रताडित देशले छिट्टै निकास पाउँछ, धैर्य गर्नुस्’


१५ माघ २०८०, सोमबार
gyanendra durga

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । पूर्वराजा शाहले भेट्न बोलाएपछि प्रसाई आइतबार साँझ पर्सा पुगेको उनको सचिवालयले जनाएको छ ।

पछिल्लो समय प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । प्रसाईका अनुसार राजा अहिलेको अवस्थाप्रति धेरै चिन्तित छन् । राजाले अहिले जनतामा चिन्ता र निरासा के कारण छाइरहेको छ भन्ने जिज्ञासा राखेको प्रसाईले जानकारी दिए । पूर्वराजासँग भेटेपछि प्रसाईले देशले छिट्टै निकास पाउने बताएका हुन् । उनले सामाजिक फेसुबकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट । लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । धैर्य गर्नुहोला ।’

‘जनताका समस्या समाधान भइरहेका छन् । देशमा केही भइरहेको छ भन्ने विषयमा राजासँग छलफल भएको हो’ उनले भने । गत महिना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनसहित केही नेतालाई सामुहिक भेटेका राजाले प्रसाईसँग भने एक्लै भेटेका छन् । लिङदेनपछि केशरबहादुर विष्टसहितका केही नेताहरुलाई पनि शाहले सामुहिक भेट गरेका थिए ।

लिङदेन र विष्टलाई प्रसाईको आन्दोलन र अभियानलाई सहयोग गर्ने राजा सल्लाह दिएको राप्रपाकै नेताहरु बताउँछन् । राजाले उनीहरुलाई राष्ट्रिय झन्डाको पक्षमा राजनीतिक गर्ने पनि सुझाव दिएको पाइएको छ । राप्रपा घोषित रूपमै नेपालमा संवैधानिक राजतन्त्र फर्काउने अभियानमा छ । राप्रपाको त्यो अभियान भन्दा आक्रामक ढंगले पछिल्लो समय दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान पनि राजासहित हिन्दु राज्य फर्काउन अभियानमा छन् ।
गत झापामा राजाले मेचीमा बालेको दियो फागुन १ गते काठमाडौंमा राजाकै हातबाट बालेर वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्ने योजनामा प्रसाई छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७