भ्रष्टाचारको अन्तर्राष्ट्रिय सूचकाङ्क : नेपालले १ अंक बढी पायो, दुई स्थान माथि उक्लियो


१६ माघ २०८०, मंगलवार
Transparency International

काठमाडौं । नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज (मंगलबार) ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो ।

सार्वजनिक तथ्याङ्कअनुसार २०२३ मा १०० मा ३५ अंक ल्याएर नेपाल १०८औं स्थानमा रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा १ अंक थप्दै नेपाल दुई स्थानमाथि उक्लिएको छ । अघिल्लो वर्ष नेपालले ३४ अंक पाएर ११०औं स्थान थियो । जसअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो प्रगति हासिल गरेको हो ।

सन् २०२३ को सीपीआईसम्बन्धी विवरण सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले संसदमा विचाराधिन भ्रष्टाचार सम्बन्धी विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । उनले राजनीतिक व्यक्तिमाथि पनि भ्रष्टाचारका उजुरीमा छानविन गर्न सार्वजनिक पदाधिकारीको सम्पत्ति छानविन प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७