क्रिप्टोकरेन्सी कारोबारको आरोपमा सात जना पक्राउ


१६ माघ २०८०, मंगलवार
cr 2

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले सात जनालाई पक्राउ गरेको हो ।

अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाको आधारमा प्रहरी निरीक्षक थापाको टोलीले अनुसन्धान गरी सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन् । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७