कति छ आज तरकारी–फलफूलको भाउ ?


१७ माघ २०८०, बुधबार
kalimati Vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) लागि तरकारी तथा फलफूलको भाउ सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ३५०, आभोकाडो ३००, अमला ७० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली ४०, लौका ७०, कागती २००, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १२०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिद बिक्री हुँदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६५, हरियो प्याज १२० र पुदिना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ८०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ७०, भिण्डी १२०, र हरियो धनिया १२० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७