बाँसबारी जग्गा प्रकरण : नातेदार पक्राउ परेपछि सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार थापा


१८ माघ २०८०, बिहीबार
sunil thapa
फाइल फोटो

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा व्यापारी अरुण चौधरी र अजितनारायण सिंह थापा पक्राउ परेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन् । चौधरीलगायत पक्राउ परेलगत्तै राष्ट्रपतिका सल्लाहकार सुनिल थापा बिहीबार दिउँसो सीआईबी कार्यालय लाजिम्पाट पुगेका हुन् ।

अनुसन्धान प्रभावित गर्नेगरी राष्ट्रपतिका सल्लाहकार थापा आएपछि सीआईबीका अधिकारीहरूले अस्वाभाविक रुपमा लिएका छन् । दिउँसो साढे ३ बजेतिर पुगेका थापा झण्डै आधा घण्टा सीआईबी प्रमुख किरण बज्राचार्यको कार्यकक्षमा बसेका थिए । ‘गम्भीर केसमा पक्राउ परेका व्यक्तिको बचाउका लागि राष्ट्रपतिका सल्लाहकार आउनु स्वाभाविक होइन,’ प्रहरीका एक उच्च अधिकारीले भन्यो ।

थापाले पक्राउ परेका अजितनारायण सिंह थापाको बारेमा धेरै चासो राखेको स्रोतले बतायो । सुनिल थापालाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त गर्दा पनि विवाद भएको थियो । सुनिल पूर्वपञ्चका नेता एवं राप्रपाका संस्थापक सूर्यबहादुर थापाका छोरा हुन् । सूर्यबहादुर थापा प्रधानमन्त्री रहेको समयमा चौधरी समूहले राज्य संयन्त्रलाई प्रभावमा पारेर अस्वाभाविक लाभ लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७