बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति


१८ माघ २०८०, बिहीबार
arun chaudhari

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

चौधरी (सिजी) होल्डिङका प्रबन्ध निर्देशक चौधरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेर अदालत उपस्थित गराएको थियो । चौधरीसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र कारखानाको सञ्चालक समितिका वर्तमान अध्यक्ष सञ्जय ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७