चर्च ब्वाइजलाई हराउँदै आर्मी पोखरा गोल्डकपको फाइनलमा


१८ माघ २०८०, बिहीबार
aaha rara 1 scaled
पोखरा रङ्गशालामा जारी राष्ट्रिय तथा अन्तर्राष्टिय अन्तरक्लब आमन्त्रित आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा बिहिबार फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दै चर्च ब्वाइज युनाइटेड क्लब र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब । तस्बिरः राधिका कँडेल / रासस

कास्की । त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आज (बिहीबार) भएको खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराएको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो ।

aaha rara 2

अतिरिक्त समयको ९ मिनेटमा राशबहादुर मगरले गोल गरेर आर्मीलाई फाइनलमा पुर्‍याए । यसअघि खेलको ६१ औँ दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर खेलको ८५ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । आर्मीले अब उपाधिका लागि पर्सि शनिवार थ्री स्टार क्लबसँग खेल्नेछ । जावलाखेललाई १–० ले हराउँदै थ्री स्टार क्लब यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

aaha rara 3

प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसैगरी विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७