आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?


१९ माघ २०८०, शुक्रबार
kalimati

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १०० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, लोकल सानो गोलभेडा ३०, अदुवा १८०, रातो आलु र रातो भारतीय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली ४०, लौका ७०, कागती १८०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ५०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ८० रूपैयामा खरिद बिक्री हुँदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ११० र जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज १२० र पुदीना ३५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ८०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ८०, भिण्डी १२० र हरियो धनिया १३० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३५० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७