भाइ पक्राउ परेपछि कांग्रेस वैठकमा ‘बम्किँदै’ विनोद चौधरीले भने, ‘सरकारले आतंक मच्चायो’


१९ माघ २०८०, शुक्रबार
binod chaudhari

काठमाडौं । देशकै ठूलो व्यावसायिक घराना सिजी ग्रुरुपका मुख्य व्यवसायी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले उद्योगी–व्यावसायीप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । आज बसेको कांग्रेस संसदीय दलको बैठमा उनी सरकारमाथि आक्रोशित रुपमा प्रस्तुत भए ।

सरकारी स्वामित्वको बाँसबारी छालाजुत्ता कारखानाको जग्गा जालसाजी गरेर हत्याएको आरोपमा प्रहरीले बिहीबार अरुण चौधरीलाई पक्राउ गरेपछि सांसद चौधरीले शुक्रबार पार्टी संसदीय दलको बैठकमा असन्तुष्टि जनाएका हुन् । उक्त जग्गा प्रक्रिया मिलाएर नियमसम्मत किनबेच गरेको दाबी गर्दै चौधरीले भने, ‘सरकारले प्रतिशोधपूर्ण व्यवहार ग¥यो, प्रक्रिया मिलाएर नियमसम्मत किनबेच भएको हो ।’ जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले लिएको भन्दै नेपाल प्रहरीको सीआईबीले बिहीबार अरुण चौधरी, अजितमानसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेको छ ।

यो विषयलाई सांसद चौधरीले शुक्रबार कांग्रेस बैठकमा प्रवेश गराएका हुन् । तर, उनको यो भनाइमा कांग्रेसका अन्य सांसदले साथ नदिएको बताइएको छ । कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा पनि यो विषयमा मौन रहे । संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अरुण चौधरी पक्राउबारे विनोद चौधरीले बैठकको ध्यानाकर्षण गराएको बताए । तर संसदीय दलले यो विषयमा कुनै धारणा नबनाएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७