सभामुखसहित सचेतकहरूको बैठक जारी


१९ माघ २०८०, शुक्रबार
dev

काठमाडौं । सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशनका विषयमा प्रमुख सचेकत र सचेतकहरुसँग छलफल गरिरहेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले आउँदो सोमबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका विषयमा उपसभामुख इन्दिरा राना, दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघ अपरान्ह ४ बजे संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सोही आह्वानअनुसार संघीय संसद सचिवालयले १० दिनअघि १० माघमै सूचना जारी गरेर २२ माघ सोमबार अपरान्ह ४ बजे नयाँबानेश्वरस्थित संसद भवनमा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७