राईफल र मृगको मासुसहित एक जना पक्राउ


१९ माघ २०८०, शुक्रबार
hati

सप्तरी । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान, क्यामेरा १ थान, पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान, मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गरपालिका–५ बस्ने ४६ वर्षीय शैलेसकुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७