बुद्ध एयरको ‘भ्यालेन्टाइन डे’ अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा


२० माघ २०८०, शनिबार
budha

काठमाडौं । बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । बुद्धले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो । १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्काे टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ ।

यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ । सो योजना अन्तगर्त एक जना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ । यस्तै, भ्यालेनटाइन डे को दिन उडान भर्ने यात्रुहरुलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७