रविको चुनौति : आरोपको जवाफ दिएर साध्य हुँदैन, सहकारी ठगीमा दोष प्रमाणित गरेर देखाऊ


२० माघ २०८०, शनिबार
rabi
फाइल फोटो

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो दोष प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

आज (शनिबार) अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नहरूको जवाफ दिंदै पूर्व गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेले आफूविरुद्ध छानबिन गरेर दोषी प्रमाणित गर्न सरकार तथा सम्बन्धित निकाय स्वतन्त्र रहेको बताए ।

‘मलाई लागेका आरोपको जवाफ दिएर साध्य हुँदैन, छानबिन गरे हुन्छ सम्बन्धित निकायले, दोषी देखिए कारबाही गरे हुन्छ’, उनले भने । आरोप लाग्दैमा प्रमाणित भए जसरी बुझ्ने मानसिकता भएको भन्दै उनले रास्वपा यस्ता आरोपबाट नडराउने बताए । सहकारीका विषयमा आएका समाचारबारे आफूले पत्रकार सम्मेलन गरेर तथा सामाजिक सञ्जालमार्फत प्रष्ट पारिसकेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७