कन्काईष्ट राईको ‘मुटु भित्र’ वेनिशा र टंकराज (भिडियोसहित)

काठमाडौं । गायक तथा संगितकार कन्काईष्ट राईको ‘मुटु भित्रै देउन मलाई बास’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एल्बम विरासत–२ मा रहेको गीत शुक्रबार युटुयुब मार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक राईको स्वर र शब्द एस.एस.पी राजु बाबु श्रेष्ठको रहेको छ । यस्तै संगित राजन राज शिवाकोट, एजेन्ज शाहस शाक्य र मिक्सिङ चन्द्र चौधरीले गरेका छन् । भर्जिन रेकर्डिङ स्टुडियोमा रेकर्डको भएको गीत एजिन राईले रेकर्ड गरेका हुन् ।
यस्तै भिडियो नायिका बेनिषा हमाल र प्रतिशाली मोडल टंकराज होङेलु कुलुङ फिचरिङ गरेका छन् । म्यूजिक भिडियोबाट मोडलिङ र अभिनय शुरु गरेका कुलुङले मार्के्टिङ व्यवसायमा छुट्टै पहिचान बनाएका समेत बनाएका छन् ।
भिडियोलाई नितेश खड्काले निर्देशन गरेका छन् । भने छायाँकन बुद्ध थापा र सम्पादन विकास धमालले गरेका हुन् ।